२६ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बिहीबार एकैदिन विश्वमा २ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएको जनाएको छ । बिहीबार २ लाख ४ हजार ९६७ कोरोना संक्रमित थपिएका हुन् ।

गत शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन २ लाख ११ हजार ४११ संक्रमित थपिएको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

हालसम्म विश्वमा एक करोड १८ लाख ७४ हजार २२६ जनामा कोरोना संक्रमण देखिसकेको छ भने ५ लाख ४५ हजार ४८१ जनाको मृत्यु भइसकेको छ ।