२६ असार, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दलभित्र हुने बहस र विवाद आन्तरिक भएको बताएका छन्।

शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद निष्कर्षमा पुर्याउने दायित्व राजनीतिक दल र नेताहरुकै भएको उल्लेख गरेका छन्।

“पार्टीभित्र यस्ता छलफल, बहस र विमतीहरु तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियिमत प्रक्रिया हुन्”, प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले विवादहरु नेताहरुको आपसी छलफलबाटै सुल्झाउने पनि बताए ।

प्रधानमन्त्री ओलीले यसका लागि धैर्यता र संयम आवश्यक रहेको पनि बताएका छन्। प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्दै देशभर भइरहेको बाढी पहिरोको प्रकोपमा उद्धार र कोभिड–१९ महामारी नियन्त्रणमा भइरहेको प्रसायबारे पनि जानकारी गराएका छन्।