मेष : दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । खर्चमा वृद्धि हुनेछ ।

वृष : दिन उत्तम रहनेछ । आय आर्जन बढ्नेछ । कार्यसम्पादनमा गति थपिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मिथुन : दिन अनुकूल रहनेछ । मुख्य काममा सफलता मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान तथा पुरस्कार पाइनेछ ।

कर्कट : दिन मध्यम रहनेछ । धर्मकर्मतिर मन जानेछैन । अरुबाट सहयोग नगर्नु नै बेस हुनेछ । शरीर कमजोर हुन सक्छ ।

सिंह : दिन प्रतिकूल रहनेछ । काममा सचेतताको खाँचो पर्नेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । नियमित कामलाई ध्यान दिनु पर्नेछ ।

कन्या : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ ।

तुला : दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शारीरिक सबलतामा वृद्धि हुनेछ । मनोबल बढ्नेछ । मावली पक्ष सहयोगी रहनेछ ।

वृश्चिक : दिन मध्यम रहनेछ । मनमा चिन्ता बढ्न सक्छ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । शरीर शिथिल हुन सक्छ ।

धनु : दिन प्रतिकूल रहनेछ । खर्र्चको मात्रा बढ्नेछ । ठूलो लागनीको काममा हात नहाल्नु बेस हुनेछ । अपव्य हुनेछ ।

मकर : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । यश, कीर्ति मिल्नेछ । सामाजिक काममा व्यस्त भइनेछ ।

कुम्भ : दिन मध्यम रहनेछ । बोलीचनमा प्रभाव कम हुनेछ । खानपानमा पनि विशेष ध्यान दिनु पर्नेछ । स्वास्थ्य कमजोर रहन सक्छ ।

मीन : दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय व्यक्तिह¬रूसँग भेटघाट हुनेछ । पढाइ लेखाइमा रूचि बढ्नेछ । मन प्रसन्न रहनेछ ।