२८ असार, काठमाडौं । आइतबार बिहानसम्म भारतमा ८ लाख ५० हजार ३ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८ सय ५७ छ ।

बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस संक्रमित हुने देश मध्य भारत विश्वकै तेस्रो हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ ।