काठमाडौं । सरकारले चीन र भारतसँग जोडिएको सीमानाका एकसाताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सोमबार बिहान १० बजेबाट भारत र चीनतर्फका सबै नाका बन्द गर्ने निर्णय मन्त्रिपरिषदले गरेको थियो । चीनतर्फका नाका यसअघि पनि बन्द गरिएको थियो ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार