२ साउन काठमाडौँ । प्रदेश नम्बर १ मा शुक्रबार २४ जना डिस्चार्ज भएका छन् भने १ जना संक्रमित थपिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग वाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थायी केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थायी केन्द्र खोटाङमा उपचाररत १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बुद्धशान्तिका १ पुरुषमा कोरोना पोजिटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा संक्रमितको संख्या ७ सय ७५ पुगेको छ ।