४ साउन,काठमाडौँ । विभिन्न मुलुकमा अलपत्र परेका १ हजार ८० नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको चार्टर्ड उडानमार्फत् उनीहरू स्वदेश फर्किएका हुन् ।

नेपाल एयरलाइन्सले दुबईबाट २६६ यात्रु र २ शव ल्याएको छ । सोही एयरलाइन्सले दोहाबाट १ सय ५२ यात्रु र २ शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले आबुधाबीबाट १ सय ५३ यात्रु र २ बच्चा तथा दोहाबाट १ सय ५५ नेपाली काठमाडौं ल्याएको विमानस्थल कार्यालयले जनाएको छ ।

त्यस्तै, मालिन्दो एयरले क्वालालम्पुरबाट २ उडान गरी क्रमशः १ सय ७८ र १ सय ७६ नेपाली  काठमाडौं ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स क्लालम्पुर उडेको विमानस्थल कार्यालयले जनाएको छ ।

सोमबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट ९ उडान गर्ने विमानस्थलले तालिका बनाएको छ ।