५साउन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबान हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

आइतबारबाट सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटाको सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन विभागले आग्रह गरेको छ ।