५साउन,एजेन्सी । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा इन्टरले रोमासँग २–२ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

इन्टरले खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । इन्टरका लागि डी विर्जीले खेलको १५औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा रोमाका लागि लेनार्डो स्पेन्जोलले रोमाका लागि बराबरी गोल फर्काए ।

५७ औं मिनेटमा हेनरिकले गोल गर्दै रोमालाई २–१ गोलको अग्रता दिलाए । ८८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई हारबाट जोगाए । बराबरीसँगै इन्टरले शीर्ष स्थानको युभन्ट्ससँग अंक दूरी कम गर्ने मौका गुमाएको छ ।

बराबरीसँगै ३४ खेल खेलेको इन्टरको ७२ अंक छ । एक खेल कम खेलेको युभेन्ट्सको ७७ अंक छ । ३४ खेल खेलेको रोमा ५८ अंकसहित तालिकाको पाँचौ स्थानमा छ ।