६साउन काठमाडौं – ब्राविलमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७१८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार २५१ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १४ लाख ९ हजार २०२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३२ हजार १९२ जनाको उपचार भइरहेको छ ।