६ साउन,काठमाडौँ । सरकारले साउन १५बाट होटल र पर्यटन व्यवसाय खोल्न दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर पर्यटन व्यवसाय खोल्ने सरकारले निर्णय गरेको हो ।