६ साउन, काठमाडौं । फिल्म ‘प्रसाद २’ निर्माण हुने भएको छ । २०७५ मा प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ मा दिनेश राउतको निर्देशन थियो ।

‘प्रसाद २’ मा निर्देशक भने फेरिएका छन् । खबरका अनुसार यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । दिनेशले समय दिन नसक्दा निर्देशनको जिम्मा सौरभलाई सुम्पिएको हो ।

फिल्मको कथा ‘प्रसाद’ लेखक सुशील पौडेलले नै तयार पारिरहेका छन् भने लगानी सुभाष थापाको रहने जनाइएको छ ।

फिल्ममा कलाकार को रहने भन्ने अझै तय नभएको जनाइएको छ । यद्यपि पुराना केही कलाकार दोहोरिने सम्भावना छ ।