८साउन, काठमाडौं । विश्वभर बुधबार थप २ लाख २ हजार ७२६ कोरोना संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार गत शनिबार हालसम्मै सबैभन्दा धेरै २ लाख ५९ हजार ८४८ कोरोना संक्रमित थपिएका थिए ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख १२ हजार ५४ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ४७ लाख ६५ हजार २५६ पुगेको छ ।