८साउन, एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बराबरीमा खेलेको छ । बुधबार राति भएको खेलमा युनाइटेड वेष्ट ह्यामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।

बराबरी खेलेसँगै युनाइटेड लिगको तेस्रो स्थानमा उक्लिएको छ । युनाइटेडले आफ्नो च्याम्पियन्स लिग खेल्ने सम्भावना अझै बलियो बनाएको छ । ३७ खेल खेलेको युनाइटेडले ६३ अंक जोडेको छ ।

यता, वेष्ट ह्याम भने रेलिगेसनबाट जोगिएको छ । ३८ अंक जोडेको वेष्ट ह्याम १५ औं स्थानमा रहेको छ ।