८साउन,काठमाडौँ । नेपालमा थप १ जना कोरोना संक्रमितको निधन भएको छ। पर्साको वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत एक व्यक्तिको मंगलबार साँझ मृत्यु भएको हो।

गण्डक अस्पतालमा उपचाररत पर्सा माईस्थानका अन्दाजी ६० वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।