आज २०७७ साउन १० गते शनिबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?  भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ?

वृषः दिन सार्थक रहनेछ । बौद्धिक काम हुनेछ । प्रतिस्पर्धामा काम बन्ने देखिन्छ । चिन्ता कम हुनेछ । स्वास्थ्य ठिक हुनेछ ।

मिथुनः दिन प्रतिकूल रहनेछ । मनमा भय र त्रासले बास गर्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुनेछ । धैर्य गर्नु बुद्धिमानी हुने देखिन्छ ।

कर्कटः दिन उत्तम छ । सामाजिक कार्यक्रमको प्रसङ्ग रहनेछ । काममा केही गति आउनेछ । यश, कीर्ति मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।

सिंहः दिन अनुकूल छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । स्वास्थ्य सबल रहनेछ ।

कन्याः दिन भाग्यवर्धक छ । पढाइ लेखाइमा ध्यान जानेछ । नयाँ कामको प्रसङ्ग रहनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

तुलाः दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुनेछ । काममा ढिलाइ हुनसक्छ । महत्वपूर्ण कामको आशा नगर्नु नै बेस हुने देखिन्छ ।

वृश्चिकः दिन सन्तोषजनक छ । कार्य सम्पादनमा गति थपिनेछ । आम्दानीका केही पक्षहरु सकारात्मक रहनेछन् । मनमा केही सहजता रहनेछ ।

धनुः दिन उत्तम छ । आँटेको काममा सफलता मिल्नेछ । बौद्धिक काम गरिनेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

मकरः । धार्मिक क्षेत्रमा मन जानेछ । अरुबाट सहयोग पाइनेछ । दानपुण्यले मनमा सन्तोष प्राप्त हुनेछ । शरीर स्वस्थ रहनेछ । दिन ठिक छ ।

कुम्भः दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । छिमेकीसँग सावधान रहनु बेस हुनेछ । ठूलो कामको आशा छैन ।

मीनः यात्राको प्रसङ्ग रहनेछ । व्यापार व्यवसायमा केही गति थपिनेछ सन्तानबाट सुख पाइनेछ । मनोरञ्जन गरिनेछ ।दिन अत्युत्तम छ ।