आज २०७७ साउन १४ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ?

मेषः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुने देखिन्छ ।

वृषः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मिथुनः दिन उत्तम रहनेछ । आँटे ताकेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

कर्कटः दिन राम्रो रहनेछ । चिन्ताबाट छुट्करा मिल्नेछ । अत्यन्त उत्साहित भइनेछ । अनुसन्धानका क्षेत्रमा सफलता मिल्नेछ ।

सिंहः दिन प्रतिकूल रहनेछ । काममा सावधानीको खाँचो पर्नेछ । मन डराउन सक्छ । काममा विलम्ब हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

कन्याः दिन उत्तम रहनेछ । सामाजिक तथा साँस्कृतिक कार्यव्रmममा उपस्थित भइनेछ । उत्कृष्ट मानसम्मान मिल्नेछ ।

तुलाः दिन सार्थक रहनेछ । बोली वचनमा प्रभाव बढ्नेछ । अपत्यारिलो धन हात लाग्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

वृश्चिकः दिन भाग्योदयकारक रहनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । महत्वपूर्ण निर्णय गरिनेछ । अध्ययन अनुसन्धानमा गति थपिनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । काममा सचेतताको महसुस हुनेछ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

मकरः दिन अनुकूल रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । व्यक्तित्व विकास हुनेछ । निकै राम्रो अवसर मिल्नेछ । मन प्रसन्न हुनेछ ।

कुम्भः दिन उत्कृष्ट रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सम्मान पाइनेछ । मन उत्साहित हुनेछ ।

मीनः दिन राम्रो रहनेछ । आध्यात्मिक क्षेत्रमा विस्तार हुनेछ । दानपुण्य गरिनेछ । मनमा सन्तोष मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।