१४साउन,काठमाडौँ । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

सो अस्पतालमा गत बुधबार भर्ना भएका वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।