आज २०७७ साउन १५ गते बिहिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छरु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन खासै अनुकूल देखिदैन । आँटे अनुसार काम बन्न कठिन हुनेछ । मन विथोलिन सक्छ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ ।

वृषः दिन अत्युत्तम छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मिथुनः दिन उत्तम छ । कार्य प्रगतिमा गति थपिनेछ । शत्रु पराजित हुनेछन् । आत्मबल बढ्नेछ मावलीतिरबाट सहयोग पाइनेछ ।

कर्कटः दिन राम्रो छ । स्वास्थ्य सबल रहनेछ । आफ्नो उत्कृष्ट मूल्याङ्गन हुनेछ । निर्णय क्षमता बढ्नेछ । मनमा चिन्ता हट्नेछ ।

सिंहः दिन प्रतिकूल छ । प्रत्येक काममा सावधानीको आवश्यकता महसुस हुनेछ । ठूलो योजनाको काममा हात नहाल्नु बेस हुनेछ ।

कन्याः दिन उत्तम छ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । यश, कीर्ति मिल्नेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

तुलाः दिन लाभदायक छ । वाक्शक्ति र अर्थशक्तिमा वृद्धि हुनेछ । खानपानका परिकार मिल्नेछ । शरीर तन्दुरुस्त रहनेछ ।

वृश्चिकः दिन भाग्यवर्धक छ । पढाइ लेखाइ हुनेछ । अनुकूल परिणाम मिल्नेछ । उत्साहपूर्ण कार्य सम्पादन हुनेछ । पराव्रmम बढ्नेछ ।

धनुः दिन प्रतिकूल छ । खर्च बढ्नेछ । व्यवहारिक समस्याले पिरोल्न सक्नेछ । अनपेक्षित कामले समय लिनेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।

मकरः दिन उत्तम छ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ । आदार सत्कार मिल्नेछ ।

कुम्भः दिन सन्तोषजनक छ । कार्य प्रगतिमा गति थपिनेछ । उदारतामा वृद्धि हुनेछ । रमाइलो कार्यक्रममा सहभागी भइनेछ ।

मीनः दिन राम्रो छ । धार्मिक क्षेत्रमा नेतृत्व बढ्नेछ । योजना अनुसार कार्यव्रmम तय हुनेछ । तीर्थव्रत गरिनेछ । मनमा शान्ति मिल्नेछ ।