१५साउन, काठमाडौं । वीरगन्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सरावगीले आफूलाई पुष्टि भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएका छन् ।

५४ वर्षीय मेयर सरावगीमा काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनी गत सोमबार काठमाडौं आएका थिए । बिहिबार सरावगीले आफ्नो फेसबुकमा लेखेका छन् ‘वीरगन्जवासीको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयम् कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैलै छिट्टै नै कोरोनालाई जित्ने छु ।’