सिमाना पारि एउटा बृहतशाली मुलुक छ । गासबास, कपासमा निर्भरता पथ्र्यो अतितदेखि नै मेरो मुलुक नेपाल र अहिलेसम्म पनि परजिबी भएर बाँचिरहेको छ । अझै कहिलेसम्म बाँच्ने हो ।

यो केही वर्ष अघिको कल्प हो । बिदेशी मुलुकसँगको सिमानामा बिदेशीहरुसँग हुलदंगा भएको थियो । त्यसैबेला नेपाल प्रहरी भिड नियन्त्रणका सामग्रीसहित सिट्ठी फुक्दै बिदेशी हुललाई रोक्न खोज्यो । तर दुर्भाग्य ! रोक्न सकेन । त्यसपछि निराश हुँदै नेपाल आर्मी र नेपाल सशस्त्र बललाई बोलायो । तर नेपाल आर्मी, सशस्त्र आउनुअघि बिदेशी सेनाहरु आइपुग्यो । बिदेशी सेनाहरु प्रायः नेपाली तर प्रदेशीको खोल ओढेका थिए । संग्रामको फाँटमा नेपाल प्रहरी, आर्मी, सशस्त्रको केही सीप नलागेपछि बिदेशी नेपाल भित्रियो । सिमाना वरिपरिका स्थानीय दरबार र नेपालीलाई ड्याङ ड्याङ गोली हान्दै झन्दा धेरै माइल टाढासम्मको दुरीमा सा¥यो । अब सिमाना लुटियो, यही सोचे नेपाली जनता ।

त्यतिबेला विभिन्न स्थानमा खटिएका फौजी तथा स्थानीय जनताहरु आएर बिदेशी जनता तथा फौजीलाई सिमाना कटाए । त्यसै हुलबाट नाइके समाए र सत्य कुरा नबताए मार्ने धम्की दिँदै सोधे, ‘तिमीहरु सिमाना लुट्ने कसरी आँत गर्यो ?’ बिदेशी नाइके थुरथुर काम्दै जवाफ दियो । ‘यहाँ आउनुमा नेपाली नेताहरुको ठूलो सहयोग छ । मलाई मार्नु अघि आफ्ना गद्दारी नेताहरुलाई मार्नुस् । किन कि मलाई मारेर के गर्नुहुन्छ ? भ्रष्टाचारी र गद्दारीलाई मार्नुस् मात्र तपाईहरुको देश सुरक्षित रहन्छ ।’
–सुनछहरी गाउँपालिका–६, फगाम रोल्पा