मेष: केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,चियोचर्चो गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,बाध्यतापूर्ण काममै समय बित्न सक्छ,
आजको शुभ अंक ५ रहेको छ ।

बृष: सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक २ रहेको छ ।

मिथुन: गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ४ रहेको छ ।

कर्कट: अप्रिय  समाचारले दुःखी बनाउन सक्छ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला, आजको शुभ अंक ६ रहेको छ ।

सिहं: सामानहरू छुट्नेरहराउने सम्भावना छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,नाक तथा घाँटीमा समस्या आउला ,आजको शुभ अंक ७ रहेको छ ।

कन्या: अधुरा काम सम्पादन गर्न सकिनेछ,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक १० रहेको छ ।

तुला: मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ३ रहेको छ ।

बृश्चिक: संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,आजको शुभ अंक १ रहेको छ ।

धनु: प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ८ रहेको छ ।

मकर: रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,व्यावसायिक काममा खर्च बढ्नेछ,आजको शुभ अंक ९ रहेको छ ।

कुम्भ: साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।

मीन: कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।