१९साउन,काठमाडौँ । अविरल वर्षासँगै आइतबार राति गएको पहिरोमा परी सिन्धुपाल्चोक मेलम्ची बजारबाट ८ जना बेपत्ता भएका छन् ।

कभर्डहल निर्माण गर्ने कामदार बसेको मेलम्ची( ११ स्थित घर पहिरोले पुरिँदा ८ जना बेपत्ता भएका इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बेपत्ताको खोजीमा जुटेका छन् । निर्माणाधीन कभर्डहल प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो ।