२०७७ साउन २१ गते बुधबार

मेषः आफन्त बीच अविश्वास बढ्ला,मानसम्मान मिल्नेछ ,सामानहरू छुट्नेरहराउने सम्भावना छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ।

बृषः किनमेल गर्दा सजग रहनु होला,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ।

मिथुनः साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ ।

कर्कटः केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ।

सिहंः अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ।

कन्याः सवारी साधन चलाउँदा संयमित रहनुहोला,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ।

तुलाः चियोचर्चो गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ।

बृश्चिकः बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला।

धनुः विश्वास जित्नै अघि बढ्न सकिने छ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,भाग्यले साथ दिनेछ,झुटा आरोप लाग्नेछ ।

मकरः सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ।
कुम्भः गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,व्यावसायिक काममा खर्च बढ्नेछ।
मीनः पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।