२२साउन, काठमाडौं । सरकारले आज राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर आज (बिहीबार) देखि लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी संक्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने निर्णय गरेको पनि गरिएको जनाएको छ । अत्यावश्यक सेवामा भने यो निर्णय लागु नहुने बताइएको छ ।

त्यस्तै सरकारले कार्यक्रम, सेमिनार, भोजलगायतमा पनि रोक लगाएको छ ।

त्यस्तै जोखिम बढेको जिल्लामा कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरी तत्काल बन्द गराउने र कोरोनाको बढी परीक्षणको व्यवस्था गर्ने पनि गृह मन्त्रालयले जानकारी गराएको छ।

सरकारले २६ असारबाट निजी सवारी साधनको जोर विजोर हटाएको थियो भने उपत्यकामा तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको थियो । यस्तै भदौ १ देखि लामो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियो ।