२२साउन, काठमाडौं। नेपालमा विहीबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।