२३ साउन, काठमाडौं – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार ४२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ५० लाख २७ हजार ९९४ पुगेको हो ।

शुक्रबार यो समाचार तयार पार्दासम्म थप १ हजार १०७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ७०८ पुगेको छ ।