२३साउन, काठमाडौँ । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी आइसोलेसनमा बसेका छन् ।

प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संंक्रमण पुष्टि भएसँगै यादवसँगै कार्यक्रममा सहभागी भएका मन्त्री केसी घरमै आइसोलेसनमा बसेका हुन् ।

मन्त्री केसी काठमाडौँमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सहभागी कार्यक्रममा उपस्थित थिए । मन्त्री केसी हिजोदेखि नै आइसोलेसनमा बसेको उनको सचिवालयले जनाएको छ ।