२३साउन, गसिप । बिहेपछि आँचल शर्मा कम युट्युब च्यानलमा देखिन थालेकी छिन् । अर्थात्, अन्तर्वार्ता दिने क्रम ठ्याप्पै रोकिएको छ । सायद विवाहलगत्तै दिएको अन्तर्वार्ताले दिएको झट्काको असर हो ।

त्यसभन्दा पर, आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिनथिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहलगत्तै भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

भर्खरै एउटा टेलिभिजनमा अन्तर्वार्ता दिन जाँदा उनले लगाएको लुगाले धेरैको ध्यान खिचेको छ । रातो रङको कटिङवाला गाउन लगाएर उनी वर्षा शिवाकोटीसँगै सोमा देखिएकी थिइन् ।

उनले सामाजिक सञ्जालमा राखेको यही पहिरनसहितको फोटोमा फ्यानले खुलेर तारिफ गरेका छन् । बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ । तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदिप श्रेष्ठको मायाको कमाल हो ? (सम्पूर्ण साप्ताहिकबाट साभार)