२०७७, साउन २४ शनिबार

मेषः समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ।

बृषः व्यवसायका लागि यात्रा सम्भावना छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,झगडा पनि हुनसक्छ,अधुरा कामहरू बन्नेछन्।

मिथुनः आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ।

कर्कटः आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,पठन–पाठनमा प्रगति हुनेछ।

सिहंः सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,शुभ कुराको सङ्केत मिल्नेछ ।

कन्याः स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ।

तुलाः स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ।

बृश्चिकः स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ ।

धनुः मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आफन्त बीच अविश्वास बढ्ला,किनमेल गर्दा सजग रहनु होला।

मकरः काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ ।

कुम्भः बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ।

मीनः पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ।