२४साउन, काठमाडौं । शुक्रबार विश्वमा ६ हजार ८१५ कोरोना संक्रमितको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार ६ हजार ४८८ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ९ हजार ५११ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या १ करोड ८९ लाख २ हजार ७३५ पुगेको छ ।