२८साउन, काठमाडौं । विश्वभर कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ७ लाख ३२ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख ३२ हजार ४९९ को मृत्यु भइसकेको छ ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।