३१ साउन, काठमाडौं । नेपालमा शनिबार थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषामा एक र एक जनाको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमितको मृत्युको संख्या १०२ पुगेको छ ।

ज्यान गुमाउनेमध्ये ८० जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयले जनाएको छ ।