२ भदौ,काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काभ्रे, नवलपरासी, मोरङ, धनुषा, कास्की र बाँकेका १÷१ पुरुष र तनहुँकी एक महिला गरी ७ जनाको मृत्यु भएको छ ।