९भदौ , बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५५ वर्षीय कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

एक हप्ता अगाडि घरको छतबाट लडेर घाइते भएका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकै अवस्थामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ती पुरुषको सोमबार राति उनको मृत्यु भएको हो ।