१० भदौ, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थय कार्यालय ललितपरले विज्ञप्ति जारी गर्दै काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको पुष्टि गरेको छ ।

उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।