यस अर्थमा ट्रोलको विषय बनिरहेको सम्धीको नियुक्ति भन्दा पनि एउटै व्यक्ति ७ पटक विभिन्न अलग पदमा आसिन हुन सक्छ कि सक्दैन ? के उहाँको विगतको अनुभव र क्रियाकलापले वर्तमानमा नियुक्ति खान मिल्छ कि मिल्दैन ? उहाँसँग कस्तो भिजन छ? भन्ने हुनु पर्ने हो । सम्बन्ध आफु बराबरकासँग गासिने गर्छ र त्यो पनि वैवहिकको कुरो झन् विशिष्ट किसिमको रह्य्यो। अहिले चर्चामा राजनीतिक नियुक्ति गरिएका प्राध्यापक उपेन्द्र कोइराला २०५० साल देखि नै संगठन नेतृत्व गर्ने कुरामा अगाडी नै रहेको कुरो सबैमा जानकारी पक्कै होला।

उनको नियुक्ति बहालवाला उप—प्रधान तथा रछ्या मन्त्री ईश्वर पोख्रेलसँगको पारिवारिक सम्बन्ध तौलिएर अझ बढी सामाजिक संजालमा चर्चाको विषय बनेको छ। उपेन्द्र कोइरालाको नियुक्ति ईश्वर पोख्रेल यो पद वा शक्तिमा पुग्नु भन्दा अघि नै सुरु भएको थियो। सम्बन्ध त पछी गासिएको हुनु पर्छ? सायद २०६५ साल तिर ।

व्यवस्थापकिय ज्ञान भएको व्यक्तिसँग विषयगत प्राबिधिक ज्ञान हुनु पर्छ भन्ने जरुरी छैन। यसर्थ, उनीमा भएको अनुभव पक्कै पनि जनताको सबै भन्दा धेरै निछेप संकलन गर्ने र त्यसलाई सहि परिचालन गर्ने एक वित्तीय संस्था प्रमुखको हैसियतमा उहाँ पक्कै सफल हुनु जरुरी छ। सम्धी वा आफन्तको पालन पोषण गर्ने आरोप मन्त्री ईश्वर पोख्रेललाइ मात्र नभएर अन्यलाइ पनि लाग्ने गरेको दृस्तान्त छन् । जस्तो, काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रमुखमा र लोक सेवा आयोग प्रमुखमा तिमिला यमी र कयोदेवि यमी जुन हिसिला यमीका दिदि हुन । राष्ट्रिय पुनः निर्माण प्राधिकरण को प्रमुखमा पूर्व अर्थ सचीव युवराज भुसाल (पछीको कम्युनिस्ट सरकारले अवकाश दिएको) जो रामचन्द्र पौडेलका सम्धी हुन् । कोइराला परिवारका भान्जा पर्ने महेश आचार्य २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतिय सरकारका अर्थ मन्त्री बनेका थिए। शेरबहादुर देउवाकी सासु प्रतिभा राणा प्रचण्ड नेतृत्वको सरकारका पालामा जापानको राजदुतको नियुक्ति पाउन सफल बनिन्। सोम पाण्डे माधब नेपालकै सम्धी भएकै कारण मन्त्री तथा विभिन्न समितिको सक्तिसाली तहमा पुग्ने गरेको आरोप लाग्ने गरेको छ । नर्सिङ काउन्सिलकी रजिस्टार बिन्दा घिमिरे मन्त्री योगेश भट्टराई पत्नी हुन। यस्तै २०६४ सालमा आफु मन्त्री रहदा आफ्नै भाइ योगेन्द्र महतोलाई पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीको अध्यक्ष बनाएर राजेन्द्र महतो विवादित बनेका थिए। यस्ता नियुक्ति केहि नातावदबाट प्रेरित जस्ता देखिएपनि नाता कै कारण सफल र सक्षम व्यक्ति आफै ग्रसित हुन पनि सक्छन्।

नेपालका सफल अर्थ मन्त्रीमा गनिएका (तत्कालीन ९ महिने एमाले सरकारका) मन्त्री स्व. भरत मोहन अधिकारीले आफु मनमोहन अधिकारीको भाइ भएको कारण बेला बेलामा नातावादको ट्याग लाग्ने हुनाले अवसरबाट वन्चित हुने गरेको दुखेसो गरेका थिए। नेपाली समाजको शिक्षा राजनितीज्ञहरु साधा जिवन र उच्च विचारकोु हुनुपर्छ भन्ने छ । अहिलेका अनुभवी नेतृत्वको इतिहास पनि तेसैको जगबाट आएको हो। शेरबहादुर देउवा, के.पी. शर्मा ओलि, प्रचण्ड, बाबुराम जस्ता नेतृत्वको विगत पीडादायी र योगदान मुलक नै थियो।

२०४७ सालको सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकारमा कृषि मन्त्री रहेका वामपंथी प्रतिनिधि र हाल नेकपा सचिवालय सदस्य झलनाथ खनाल त्यति बेला अष्ट्रेलिया भ्रमणमा जाँदा थाइल्यान्डको ट्रान्जिटमा राज्य ढुकुटीबाट रु.५०० को बेल्ट नकिनि फर्किएको घटना, जनवादी गाएक जिवन शर्माको जिवनी, नेपाली कम्युनिस्ट गुरु मोहनविक्रम सिंहका छोरा समिर सिहको जिवनी, माओवादी खुल्ला हुँदा २०६४ सालतिर मोहन वैध्यले आफन्तलाई जागीर माग्न आउँदा म आफ्नालाई जागिर खुवाउन क्रान्ति गरेको हैनु भनि फर्काएको कुरो, जस्ता कुराहरु आजभोलि अपवाद रहन पुगेका छन्।

संर्घषमै जिवन बिताएका नागरिकहरुले २÷३ सरकारबाट अपेक्षा ठूलै राखेका छन् र त्यस मध्य अधिकाम्सलाई कस्को सरकार भन्दा पनि सफल, पार्दशी, जवाफदेही, उत्तरदायी, बृहत दृस्टीकोण सहितको, कार्यान्वयन मुलुक योजना प्रस्तुत गर्ने बिकास मुखी सराकार चाहिएको हो। जनमतको म्यानडेड पनि त्यहीँ नै हो। हाल कोभिड—१९ को महामारीसँग लड्न नागारिकहरुले एक रुपता देखाएकै छन् र सही विश्वास योग्य नेतृत्वको आशा गरिरहेका छन्। यो एउटा उदाहरण मात्र हो। नागरिकको आत्मबल कायम वा वृद्धि गर्न नसक्नु सरकारको कमजोरी हो। खबर२४ नेपालबाट