१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका ३ सय ८६ , ललितपुरका ३२ जना र भक्तपुरका ३६ जना छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।