२०७७ भदौ २० गते शनिबार

मेषः दिन अनुकूल रहनेछ । कामप्रति जोशजाँगर बढ्नेछ । शरीर स्वस्थ रहनेछ । दानपुण्य गरिनेछ । मनमा शान्ति प्राप्त हुनेछ ।

वृषः दिन प्रतिकूल रहनेछ । घरायसी काममा समय जानेछ । स्वास्थ्यप्रति सचेत रहनु बेस हुनेछ । मन खिन्न हुनसक्नेछ ।

मिथुनः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कर्कटः दिन उत्तम रहनेछ । अरूबाट सहयोग पाइनेछ । दीर्घकालीन काम बन्नेछ । ठूलाबडा व्यक्तिको प्रभाव पर्नेछ ।

सिंहः दिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । बौद्धिक काम गरिनेछ । कामप्रति जाँगर बढ्नेछ । प्रतिस्पर्धा सार्थक रहनेछ ।

कन्याः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । निर्णय क्षमता घट्नेछ ।

तुलाः दिन उत्तम रहनेछ । कामप्रति रूचि जाग्नेछ । सामाजिक यश मिल्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ ।

वृश्चिकः दिन अनुकूल रहनेछ । आर्थिक र मौखिक पक्ष सबल रहनेछ । मिष्ठान्न भोजन मिल्नेछ । शरीर स्वस्थ हुनेछ ।

धनुः दिन भाग्योदयकारक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । पढाइ लेखाइले गति लिनेछ । मनोबल बढ्नेछ ।

मकरः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । स्वास्थ्यमा गडबडी आउनसक्नेछ । काममा सचेत रहनु बेस हुनेछ ।

कुम्भः दिन उत्तम रहनेछ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । दीर्घकालीन काम बन्नेछ । मन प्रसन्न हुनेछ ।

मीनः दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ । मुख्य काम गरिनेछ ।