२१ भदौ, दाङ । दाङको घोराही स्थित कृत्रिम तालमा डुबेर एक जना बेपत्ता भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेमा निर्माण गरिएको कृत्रिम तालमा पौडी खेल्न गएका सोही ठाउँका २२ वर्षीय गोपाल सुनार वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ ।

सुनार चारजना साथीहरुसँग पौडी खेल्न गएका थिए ।

आईतबार दिउसो पौने ३ बजेतिर बेपता भएका उनको खोजी कार्य भइरहेको छ ।