२६भदौ, काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७७ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७७ लाख ३८ हजार १७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ५० हजार ३ संक्रमित थपिएका छन् ।