२०७७, भदौ२९ गते सोमबार

मेषः दिन नितान्त प्रतिकूल रहनेछ । मन डराउन सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ । काममा ढिलाइ रहनेछ ।

वृषः दिन उत्तम खालको रहनेछ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ ।

मिथुनः दिन मध्यम छ । वाक््शक्ति र अर्थशक्ति घट्नेछ । स्वास्थ्यप्रति निकै सावधान रहनु पर्ने देखिन्छ । खानपानमा पनि उत्तिकै विचार पुर्याउनु पर्नेछ ।

कर्कटः दिन भाग्योदयकारक रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शुभ समाचार सुनिनेछ ।

सिंहः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । पढाइतिर ध्यान जानेछैन । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कन्याः दिन उत्तम रहनेछ । आयआर्जनमा वृद्धि हुनेछ । लाभदायक काम बन्नेछ । विद्यामा प्रगति हुनेछ । मनमा शान्ति मिल्नेछ ।

तुलाः दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । बौद्धिक काम गरिनेछ ।

वृश्चिकः दिन सन्तोषजनक छैन । धार्मिक कार्यमा अवरोध आउन सक्छ । स्वास्थ्य पनि निकै कमजोर हुनेछ । धैर्य गर्नु नै बुद्धिमानी हुनेछ ।

धनुः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । आपसमा मनमुटाव हुनसक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

मकरः दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । सन्तान सुख पाइनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

कुम्भः दिन उत्तम रहनेछ । शत्रु पराजित हुनेछन् । दीर्घकालीन कामको सोच बढ्नेछ । सहकार्य हुनेछ । मावलीतिरबाट सहयोग पाइनेछ ।

मीनः दिन मध्यम खालको रहनेछ । मनमा चिन्ता बढ्न सक्छ । कडा प्रतिस्पर्धा गरिनेछ । शरीर पनि अस्वस्थ रहन सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।