३असोज, रोल्पा । संविधान दिवसको अवसरमा रुन्टीगढी गाउँपालिका रोल्पाका अध्यक्ष बालाराम बुढामगरले शुभकामना दिएका छन्।

संविधानको परिकल्पना अनुरुप देशले संघीयता प्राप्त गरेसँगै सिंहदरवारको अधिकार गाउँ–गाउँसम्म पुगेको समेत उनलेले स्मरण गरेका छन्।

‘नेपाली जनताको त्याग, तपस्या र बलिदानमा टेकेर जारी भएको संविधानले स्थानीय तहमार्फत सबै जनतालाई बलियो बनाएको– बुढामगरद्धारा जारी शुभकामना सन्देशमा उल्लेख छ।

संविधानको प्रभावकारी कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थानीय सरकारलाई थप बलियो र प्रभावकारी बनाउँन सबैले प्रेरणा प्राप्त गर्नुपर्ने बताएका छन्।

अध्यक्ष बुढामगरले संविधानको मर्म अनुसार कुनैपनि नेपालीले धर्म, जात, वर्ग, भाषा वा अन्य कुनै विभेद सहनु नपरेको उल्लेख गरेका छन्।

उनले संघीय शासन प्रणालीलाई संस्थागत गर्दै संविधानले दिएको जनअधिकार पुरा गर्ने दिशामा रुन्टीगढी गाउँपालिका दृृढताको साथ अघि बढीरहेको समेत जनाएका छन्।