गायिका इन्दिरा भट्टराईको स्वरमा ‘तिमि बिना’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा इन्दिरासँगै भुवन प्रकास बडूको स्वर रहेको छ ।

गीतमा शब्द मनोज सिंह धामीको रहेको छ भने संगीत भुवनले नै दिएका छन् ।

गीतको सार्वजनिक भिडियोमा पनि इन्दिरा र भुवनले नै अभिनय गरेका छन् ।

गीतको भिडियोमा गोविन्द श्रेष्ठको कोरियोग्राफी रहेको छ भने यसमा मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन रहेको छ । भिडियोलाइ होम धितालले निर्देशन गरेका हुन् ।