फिल्म । यतिबेला बलिउडमा अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणले सबैको ध्यान तानेको छ ।

इण्डियन मिडियाले सुशान्तसँग जोडिएको घटनालाई प्रमुख समाचार बनाएर प्रशारण तथा प्रकाशन गरिरहेका छन् ।

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यतिबेला जेलमा छिन् । उनी सुशान्तलाई ड्रग्स उपलब्ध गराएको कसुरमा जेल पुगेकी हुन् ।

उनी रियाको बयान मार्फत बलिउडमा ड्रग्स कनेक्सनको खोज अनुसन्धान भइरहेको छ ।

रियालाई दुइ साता देखि न्यायिक हिरासतमा राखिएको छ । आज उनको हिरासतको म्याद सकिनै लाग्दा उनको हिरासतको समय आउँदो अक्टुबर ६ सम्म बढाईएको छ । उनको रिहाइको लागि गरिएको अनुरोध हाइ कोर्टले खारेज गरेको हो ।

नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई अझै अनुसन्धानमा राख्नु पर्ने भनेपछि उनको रिहाइ रद्द गरिएको हो । (एजेन्सी)