७असोज, काठमाडौँ । काठमाडौं उपत्यकामा ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौंमा ४ सय ९२ जना संक्रमित थपिएका छन् । ललितपुर ५० र भक्तपुरमा ९५ जना कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमित १८ हजार ५ सय ८७ पुगेका छन् ।