८असोज, काठमाडौं । होम आइसोलेसनमा रहेका ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

सुरक्षामा खटिएका सुरक्षाकर्मी (पीएसओ)लाई शुक्रबार कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री पुनको बिहीबार नेगेटिभ रिपोर्ट आएको उनको प्रेस संयोजक दयानिधि भट्टले जनाकारी दिए।

उपत्यका बाहिर गएका उनको पीएओ फर्किएपछि गरिएको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

कोरोना परीक्षणका लागि बुधबार मन्त्री पुनको स्वाब संकलन गरिएको थियो।

भट्टले कोरोना नेगेटिभ देखिएसँगै मन्त्री पुन आजबाट नियमित कामकाजमा फर्किएको जानकारी दिए।