एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले काराबाओ कप फुटबलमा पराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिंकन सिटीमाथि ७–२ गोलको फराकिलो जित निकालेको हो ।

लिभरपुलको जितका लागि टकुमी मिनामिनो र कुर्टिस जोनेसले दुई दुई गोल गरे । त्यस्तै जार्डन शाटेरी, मार्को ग्रुजिक र डिभोक ओरिजीले एक एक गोल गरे । सिटीका लागि टायो एडुन र लेविस मान्टस्माले एक एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा जार्डनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा मिनामिनोले गोल गर्दै अग्रता दोब्बर पारे । ३२ औं मिनेटमा जोनेसले गोल गरे । उनले ओरिजीको पासमा गोल गर्दै लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै इलिओटको पासमा जोनेसले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा लिभरपुललाई ४–० को अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा नै मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरे । ६० औं मिनेटमा सिटीका एडुनले गोल गर्दै खेलका फर्किने प्रयास गरे । त्यसको पाँच मिनेट नबित्दै मार्कोले गोल गर्दै लिभरपुलको अग्रता ५–२ मा झारे । तर, त्यसको एक मिनेट नबित्दै लेविसले ग्रान्टको पासमा गोल गर्दै खेल ६–२ को स्थितीमा ल्याए ।

खेलको अन्तिम मिनेटमा ओरिजीले गोल गरे । उनले टकुमीको पासमा गोल गर्दै लिभरपुललाई ७–२ को फराकिलो जित दिलाए । जितसँगै लिभरपुल काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ ।