१५असोज, काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट चिकित्सकको निधन भएको छ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

२ साताअघि संक्रमण पुष्टि भएका उनलाई सास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा ल्याइएको थियो ।

बिहीबार एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा दिउँसो ३ बजेतिर मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ

यसअघि नेपालमा २ जना स्वास्थ्यकर्मीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ।