१७असोज, काठमाडौं । नेपालमा आज थप २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको । यो सँगै देशभर कोरोना भाइरस संक्रमितको संख्या ८४५७० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १२ हजार ९७८ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप २ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२८ पुगेको छ।

यस्तै आज २०४४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । यो कुल संक्रमितको ७४.१ प्रतिशत हो ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या २१ हजार ३०२ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ११ हजार ५२९ जना र संस्थागत आईसोलेसनमा ९ हजार ७७३ जना छन् । तिमध्ये २१७ जना संक्रमितको आईसियु र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।